यातायातको भाडा दर सार्वजनिक

4

 काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो ।

आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ । तर, विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने यो सूचीभन्दा पनि अघिल्लो पटक २०८१ सालमा तोकिएको भाडा दर नै कायम छ ।

सोहीकारण ईभीले डिजेल वा पेट्राल सवारीसाधन बराबर भाडा लिन पाउने छैनन् । सरकारले यस वर्ष दुई पटक भाडा समायोजन गरिसकेको छ । जसमध्ये १२ वैशाखमा भाडा उल्लेख्य बढेको थियो ।

इन्धन मूल्य घटेपछि १८ असारमा भने २ प्रतिशतका दरले भाडा घटाएर नयाँ मूल्य समायोजन गरिएको थियो । सोही दर आज विभागले सार्वजनिक गरेको हो ।

यस्तो छ अन्तरप्रदेश भाडादर

यस्तो छ २०८१ सालमा तोकिएको भाडा दर, जुन ईभीको हकमा लागु हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here