बाँके / रंग लगाउने क्रममा छतबाट खसेर सोमबार एकजनाको मृत्यु भएको छ ।
नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकस्थित राम जानकी मन्दिरमा रंग लगाउने क्रममा छतबाट खसेर सोही उपमहानगरपालिका-१२ बस्ने २५ वर्षीय गोलु चिडिमारको मृत्यु भएको हो ।
छतबाट खसेर गम्भीर घाइते भएका चिडिमारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















