काठमाडौं / सरकारलाई विभिन्न ६ बुंदे माग राख्दै संयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ।
सरकारले मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने संयुक्त प्रतिपक्ष विद्यार्थी संगठनको तयारी रहेको छ। सोमबार अनेरास्ववियु पाचौंको केन्द्रिय कार्यलय रातो पुलमा बसेको बैककले तत्काल स्ववियुको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई माग गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको नियम विपरित प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत हुन लागेको स्ववियु निर्वाचनलाई तत्काल स्थगित गर्न पनि माग गरेको छ।
बैठकले राष्ट्रियता माथि धावा बोल्दै आएको केपी ओली सरकार र सीके राउत नेतृत्वको संगठनका विरुद्ध संघर्ष गर्न आम जनसमुदायलाई अपिल पनि गरिएको छ।
दस विद्यार्थी संगठनका प्रमुखहरुको हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा वाइडवडि भ्रष्टाचार, एनसेलको कर छली, सुन काण्ड र बलात्कार पछि हत्या भएको निर्मला पन्तको न्यायका लागि संघर्षका निम्ति सबैलाई तयार रहन पनि आग्रह गरेको छ।
गण्डकी मेडिकल कलेजमा भएको भ्रष्टाचार छानबिन गरेर विद्यार्थी जायज माग सम्बोधन गरेर विद्यार्थीहरुलाई पठनपाठनमा सहभागी हुने वातावरण बनाउन पनि बैठकले सरकारसँग माग गरेको छ। कृषि तथा वन विज्ञान विश्वबिद्धालयमा भएको अनियमिताको छानबिन गर्न पनि सरकार सँग सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनले माग गरेको छ।
राजनैतिक आन्दोलनमा क्रियाशिल नेत्र विक्रम चन्द विप्लप नेतृत्वको माओवादी र थारु समुदायको आन्दोलनका जायज मागलाई वार्ता र संवादको माध्यमबाट राजनीतिक रुपमै समाधान गर्न बैठकले सरकार संग माग गरेको छ।
राष्ट्रिय, जनजिविका,भ्रष्टाचार, शैक्षिक सरोकार र सरकारका गलत क्रियाकलापहरुका विषयहरु सँग सम्बन्धित रहेर आउदो चैत्र १५ गते बसन्तपुर डबलीमा सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनका मातृ पार्टीका शीर्ष नेताहरूको उपस्तिथिमा विद्यार्थी विरोध सभा आयोजना गर्ने पनि उल्लेख गरिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए।
विज्ञप्तीमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ,अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रवादी विद्यार्थी संघ र अखिल क्रान्तिकारीका प्रमुखहरु क्रमशः ऋषिकेश जंग शाह,घनस्याम मिश्र, चिरञ्जीवी ढकाल,श्यामबाबु गौतम,बिबेक राई, चिरञ्जीवी यादव, प्रविन मिश्र, दुजाङ शेर्पा,तारा प्रसाद अर्याल र सुन्दर रायमाझीको हस्ताक्षर रहेको छ।



















