मायामा अल्झे म

263

मायामा डुब्न चाहन्छु म
पिडामा होइन
आकाशमा उड्न चाहन्छु म
पिंजडामा होइन

नबाध मलाई माया बन्धनमा
प्रितिको बाटोमा अल्झेर म
माया मैले गरे तिमीलाई
आफुलाई होइन

दोधारमा परे म
नजरको दोषी बनेर
मायामा हारे म
आकाशको जुन हु म
तारा होइन
मायामा डुब्न चाहन्छु म
पिडामा होइन।

 

 

सरिना बज्राचार्य तिनथाना, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here