नेपाल बन्दले सवारी साधन ठप्प ! ठाउँठाउँमा बम विस्फोट

270

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले घोषणा गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ ।

बन्दको कारण बिहीबार बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन् ।  कतिपय ठाउँमा प्रहरीले स्कटीङ्ग गरेर यातायातका साधन चलाएको छ ।

 सिंहदरबारको पुर्वीगेटमा बम भेटिएको छ । बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

नेपाल बन्दको दिन बिहानै ठाउँठाउँमा बम विस्फोट भएका खबरहरु प्राप्त भएका छन् । कतिपय ठाउँमा प्रहरीले आन्दोलनकारीहरुलाई आंतकीत बनाउन अश्रुग्यास र हवार फायर समेत गरेको थियो ।

नेपालबन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धादिङमा २ वटा मालबाहक ट्रकमा आगजनी गरिदिएका छन् भने मकवानपुरमा पनि एउटा ट्रकमा आगजनी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here