विप्लव नेकपाको  बन्दको प्रभाव देशभर यस्तो भयो !

97

काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को  बन्दको प्रभाव देशभर देखिएको छ ।

सुरक्षा गरिएको संघीय राजधानी काठमाडौंमा ठाँउठाँउमा बम भेटिएको छ भने  देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।

सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।

बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको जनाएका थिए ।

विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here