‘ए मेरो हजुर ३’ को पहिलो गीत ! अनमोल-सुहानाको रोमान्स यसरी झल्कियो

709

यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगी नै भन्दिन’ शिर्षकको गीतलाई सुन्दर लोकेसनमा सुट गरिएको छ ।  गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड रहेका छन् ।

रोमान्टिक गीतलाई सुगम पोखरेल र प्रबिशा अधिकारीले स्वर दिएका छन् । गीतमा एक नारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलले संगीत दिएका छन् ।

सुपरस्टार अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को यसअघि बसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको थियो ।

सांगीतिक प्रेमकथामा आधारित बताइएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा अनमोल स्टार गायकको भूमिकामा छन् भने सुहाना उनकी फ्यानको भूमिकामा रहेको जनाइएको छ ।

चैत २९ गतेबाट देशैभर प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here