रौतहट / देबाहीगोनाही नगरपालिका-१ करुनिया बस्ने २५ वर्षीय सुबास पटेलको करेन्ट लागेर बिहीबार दिउसो मृत्यु भएको छ ।
आफ्नै घरमा बिग्रेको सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सुबासलाई जिल्ला सरकारी अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















