काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य जीवन्त ललितपुरबाट गिरफ्तार भएका छन् ।
सादा पोसाकका प्रहरीले बेलुकी ८ बजेतिर उनलाई गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने पक्राउ परेको बारे जानकारी नभएको जनाएको छ ।
ललितपुर प्रहरी प्रमुख रविन्द्र घानुक, प्रहरी प्रवक्ता उत्तम सुवेदी र सिआइबीले समेत जिवन्तलाई पक्राउबारे आफुहरूलाई जानकारी नभएको जनाएका छन भने नेकपा स्रोतले भने पक्राउ परेको पुष्टि गरेको छ ।
सरकारबाटै सुरु भएको छ पक्राउ गरेर बेपत्ता बनाउने घृणित खेल । सुराकी भन्दै मार्ने खेलमा अब कतिले ज्यान गुमाउनु पर्ने हो ?

















