काठमाडौं / संघर्षकै प्रकृयाबाट सरकारमा पुगेका नेता र मन्त्रीहरुले अहिले जनताको हक, अधिकारको लागि संघर्ष गर्ने दलमाथि प्रतिबन्ध लगाएकोमा जनताहरु आश्चर्यमा परेको जनाउदै तत्कालिन माओवादीको दशवर्षे जनयुद्धका सेनाहरुले जनभावनाको सम्मान गर्न राज्यसँग माग गरेका छन ।
जनताका न्यायीक मुद्धालाई उठाएर राज्य व्यवस्थाको रुपान्तरणका लागि संघर्षरत राजनीतिक दलमाथि सरकारले दमन गर्ने, निधेष गर्ने र पछिल्लो चरणमा प्रतिबन्ध लगाउने खालको निर्णय गरेको भन्दै उनीहरुले त्यो कदमको विरोध समेत गरेका छन ।
विदेशी संस्था अनमिनले तत्कालिन माओवादी सिविरबाट अयोग्य भनि निकालिएका माओवादीका लडाकुहरुले त्यस्तो जनाएका हुन् ।
बहिर्गमित जनमुक्ति सेना, नेपालका अध्यक्ष असिम लिम्बू सुनिल र इन्चार्ज अर्जुन बुढाथोकीले हिजो संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले मुलुकमा पुर्न युद्ध निम्ताउन खोजको जनाएका छन् । उनीहरुले सरकारलाई आफ्नो निर्णय फिर्ता लिएर जनभावनाको कदर गर्न माग गरेका छन् ।















