नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४ : भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा

266

काठमाडौं / नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ ।

नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । एम्बुलेन्स तथा हेली सेवाकालागि अस्पतालको हटलाईन नम्बर डायल गर्न सकिनेछ ।

दूूर्घटना वा भवितब्यका बेला उचीत प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिनुभएके हो । उहाँले नेपाल टेलिकम, एनसेल तथाअन्य नेटवर्कबाट सिधा ४ अंक डायल गरी नेपाल मेडिसिटीमा सम्पर्क गर्न सकिने समेत जानकारी दिनुभयो ।

बढ्दो दुुर्घटना र जोखीमलाई लक्षित गरी त्यस्ता अवस्थामा आवश्यक सहयोग गर्न २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो । हतार तथाआपद्का बेला १० अंकभन्दा ४ अंकको प्रयोग हुदातत्काल उद्धारका लागी सहयोग पुग्ने र सम्झन समेत सहजहुने भएकाले यस किसिमको हटलाइन नम्बरको प्रयोग हुन जरुरी रहेकाले नेपाल मेडिसिटी अस्पतालले ११३४ लाई प्राथमिकतामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here