महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ

23

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्।

चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

‘मोटर साइकलमा आएका दुई जनामध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन् । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’ सुवेदीले भने, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।’

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतली बम जस्ताे देखिने बस्तु पड्काएर भागेको र उनीहरूलाई भाग्नेक्रममा पक्राउ गरेको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here