आजको राशिफल (२०७६ असोज १५), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

232
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । प्रतिस्पर्धामा फाइदा हुने योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।  रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् ।  बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । आकस्मिक धन लाभ हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आजको समय बढी प्रेरणादायक रहनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । राजनैतिक चिन्तन बढ्नेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । रोकिएका काम सम्पादन हुने योग छ । धार्मिक तथा तिर्थाटनको योगछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान हराउन सक्नेछ, सचेत रहनु होला । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।  व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । अदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । काममा दुविधा उत्पन्न हुन सक्छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

ज्योतिष निराकार न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here