पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने

23

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको जनाएका छन्।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको जनाएका हुन्।

साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ। पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी  पर्यटकहरू भित्र्याउन सकिने गरी विश्वास दिलाउनुपर्ने जनाए।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताए। उनले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको जानकारी पनि दिए।

फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘यो सरकार ८४ सम्म नै रहन्छ। सरकारलाई स्थायी रूपमा लिन चाहान्छौं। आवश्यकता अनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here