सानिमा इन्स्योरेन्सको शाखा नेपालगञ्जमा

124

सानिमा इन्स्योरेन्स कम्पनी लि, नेपालगञ्ज शाखाको विधिवत् समुद्घाटन एक विशेष समारोह्रका बीच कम्पनीका संचालक खेम राज लामिछाने तथा बिशेष अतिथी नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव अजय टण्डन को उपस्थितीमा नेपालगञ्ज उप महानगरपालिका का मेयर डा. धवल शम्शेर राणा बाट सम्पन्न भयो ।

उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गर्नुभएको थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले प्रकाश पार्नुभयो ।

नेपालगञ्ज तथा बाँके जिल्लाभर सर्बसुलभ बीमा सेवा पु¥याउने उद्देश्यले यस शाखा संचालनमा आएको जनाइएको छ । साथै दावी पछिको सेवा समेत छिटो छरितो रुपमा दिने प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीवाट सेवा प्रधान गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here