बिमल योगी
दाङ / दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले सामुहिक लसुन तथा प्याज खेती थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नम्वर १६,१७ र ६ का विभिन्न स्थानमा १५ बिगाहजग्गा भाडामा लिई लसुन तथा प्याज खेती गरिएको हो ।
स्थानिय स्तरमा हुने लसुन तथा प्याजको मागलाई ध्यानमा राखी यति ठुलो मात्रामा लसुन तथा प्याज खेती गरिएको कोपिला कृषक समुह मघैका अध्यक्ष कैलाशी चौधरीले जनाउनुभयो ।
समुहको ९ लाख ९७हजार ९९ सय रुपैया र सानातथामझौला कृषक आयस्तरबृद्धि परियोजना (रिझम)को ११ लाख ५५ हजार पाँच सय ६० रुपैया गरी जम्मा २१ लख ५२ हजार सात सय ४९ रुपैयाको लागतमा लसुन तथा प्याज खेती गरिएको हो ।
टोलका २२ जना महिलाहरु आवद्ध रहेको समुहले लसुन तथा प्याज खेतीलाई व्यावसायीकरण गर्न २ वटा टेक्टर, १ वटा पम्पसेट, डिजिटल काटा १ वटा,१० वटा स्प्रे ट्याङ्कीलगायतका सामाग्री समेत खरिद गरेका छन् ।
यसअघि गरिएको च्याउ खेतीबाट राम्रो आम्दानी भएपछि लसुन खेतीमा लागेको समुहका कोषाध्यक्ष जानकी चौधरीले जनाउनुभयो । एक्ला एक्लै काम गर्दा व्यावसाियक रुपमा जान समस्या हुने, रकम तथा समय समेत बढि खर्च हुने भएकाले सामुहिक रुपमा यो व्यावसायमा लागेको उहाँको भनाई छ । समुहमा लागेपछि आफ्नो दैनिकी चलाउन समेत निकै सजिलो भएको उपाध्यक्ष आशा चौधरीले जनाउनुभयो ।
बिगतका दिनमा दुई चार सय चाहिएपनि साहुमहाजनका हात थाप्नुपर्ने बाध्यता थियो तर अहिले समुहमा जम्मा गरिएको पैसाले घर व्यवहार चलाउन निकै सजिलो भएको उहाँको भनाई छ । समुहमा लागेर च्याउ, लसुन तथा प्याज खेती मात्र नभएर सामुहिक रुपमा धान काट्न,मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामुहिक रुपमा गर्दै आएको उनिहरुले जनाएका छन् । जसबाट आएको रकम समुहमा जम्मा गर्ने र आवश्यक परेको सयमा सस्तो व्याजदरमा ऋण लगानी गर्दै आएको समुहका कोषाध्यक्ष जानकी चौधरीले जनाउनुभयो ।
यसैविच कोपिला कृषक समुहको आयोजना तथा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको सहयोमा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष कैलाशी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १६ काकार्यवाहक अध्यक्ष जगत प्रसाद श्रेष्ठको प्रमुखआतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै रिझमका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले आयोजनाले हाल च्याउ,लसुन,मसुरो,माछा लगायतका क्षेत्रमा ३३ करोडको लगानी गरेको र धेरै उपआयोजना सम्पन्न हुने चरणमा रहेको जनाउनुभयो । उहाँकाअनुसार आयोजनाले समुहलाई ८० देखी ९० प्रतिशत सम्म,सहकारीलाई अधिकतम ६५ प्रतिशत र व्यक्क्तीलाई ५० देखी ६५ प्रतिशत सम्मअनुदानदिने गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा समुहका सचिव सिता चौधरीले लसुन तथा प्याज खेती योजनामा हालसम्म भएको आम्दानी र खर्च बिवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका सहसचिव सुविता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सदस्यनिशा पछल्डङ्ग्याले गर्नुभएको थियो ।


















