ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने

190

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सहमतिपत्रमा ग्लोबल आइएमई बै.क लि.को तर्फबाट मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनी लिमिटेडको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपाल ज्यूले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आईएमई बैंक लि. ले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा मिति २०७५ साल चैत्र ३० गते हस्ताक्षर गरेको हो । उक्त एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको कुल चुक्ता पूँजी रु.३० करोड रहेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्स, संग सफल मर्जर गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here