आदिबासी जनजाति पत्रकारहरु संगठन विस्तार अभियानमा

273

काठमाडौं  / नेपाल आदिबासी जनजाति पत्रकार महासंघ तथा नेवाः ताम्सालिङ (३ नं. प्रदेश) तदर्थ समन्वय परिषद्को संयुक्त आयोजनामा बधाई तथा परिचयात्मक कार्यक्रम काठमाडौंस्थित तामाङ घेदुङ संघीय सभाकक्ष चुच्चेपाटी बौद्धमा सम्पन्न भयो ।

गत चैत्र १ र २ गते नुवाकोटमा आयोजित नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं. प्रदेशको प्रथम महाधिवेशनद्धारा सर्वसम्मत चयन हुनु भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथिको रुपमा  प्रदेश ३ का माननीय उपसभामुख राधिका तामाङले खादा ओढाइ सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने   क्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं. प्रदेशको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित लामा ‘संघर्ष’ ले राज्यले संचार क्षेत्रलाई दमन गर्न खोजेको तर्फ  संकेत पत्रकारहरु गोलबद्ध हुन आवश्यक भएको औल्याउनु भयो । हाम्रै समुदायबाट उठेका नेताहरुले पत्रकारितामा लागेकाहरुको दुखः, पीडा र मर्मलाई खासै बुझेको देखिदैन भन्दै सम्पूर्ण फोनिज मित्रहरुले राज्यद्धारा विभेदमा पारिएका शोषित, उत्पीडित जनताको पक्षमा कलम चलाइ रहनु पर्ने जोड दिनु भयो ।

फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङले फोनिज ३ नं. प्रदेशको प्रथम महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुले जिम्मेवारीपुर्ण नेतृत्व पाएकाले आफ्नो काम कर्तव्यमा निष्ठापूर्वक, इमान्दार भएर कलम चलाउने कुरा विश्वस्त रहेको जनाउनु भयो । कलममा जस्तो शक्तिअरु केहीमा हुँदैन, तसर्थ स्वायत अधिकारका निम्ति कलम चलाउनु पर्नेमा उहाँको जोड थियो ।

त्यसै गरी कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रदेश ३ का माननीय उपसभामुख राधिका तामाङले सम्पूर्ण पदाधिकारीहरुको कार्यकाल सफल रहोस् उत्पीडित जातिहरुमा तपाईहरुप्रति पुनः आशा पलाएको छ । आफुले केहीबर्ष देखि नेवाः ताम्सालिङको संघर्षको कुरा उठाउँदै आएको स्मरण गराउँदै सत्तामा रहेका नेताहरुलाई बुझाउन नसक्दा कुहिरो भित्रको काग भएका छौं भन्नु भयो ।

राजनैतिकि आस्था जुनसुकै भएता पनि हामी सबैको उद्देश्य एउटै हुनु आवश्यक रहेको उल्लेख गर्दै आफुले संस्कृति परम्परा जोगाइ समृद्ध नेवार जातिबाट धेरै कुरा सिकेको पनि उहाले स्मरण गर्नु भयो । नेवाः तामाङ्ग लगायत सम्पूर्ण जातजातिहरुको संस्कृति, पहिचान झल्काउनेहरुलाई आर्थिक नीतिसित जोडी राष्ट्र समृद्धि तथा विकासततर्फ जोड दिन सरकारलाई दबाब दिनु पर्ने धारणा राख्नु भयो ।                                                      रीदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here