काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच जनकपुरको एक होटलमा भएको आकस्मिक गोप्य भेटवार्ताको खबरले हंगामा मच्याएको छ ।
नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले भने आफू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच गोप्य भेटवार्ताको समाचारप्रति भएको खण्डन गरेका छन् ।
सञ्चारकर्मीले यसबारे सोधेको प्रश्नमा राजदुत पुरीले आफूले अहिलेसम्म पूर्वराजा शाहलाई प्रत्यक्ष रुपमा नदेखेको जिकिर गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र राजदूत पुरीबीच जनकपुरमा भेटवार्ता भएको समाचार आएकै दिन उनले यस्तो स्पष्ट पारेका हुन् ।
अहिलेसम्म पूर्वराजा शाहलाई प्रत्यक्ष नदेखेको राजदुत पुरीले भने,‘मैले अहिलेसम्म पूर्वराजालाई प्रत्यक्ष देखेको छैन, कहाँबाट भेट्नु ?’ को दाबी छ । आफ्नो दुई वर्षको नेपाल बसाईमा उनले अहिलेसम्म प्रर्वराजा ज्ञानेन्द्रलाई नदेखेको जनाए।


















