दुर्गा बिरही र धना परियारको ‘बादलुको घुम्टो ‘ सार्वजनिक

330

पछिल्लो समय चर्चामा रहेका गायक तथा कलाकार दुर्गा बिरही र धना परियारको मनमोहक गीत ‘बादलुको घुम्टो ‘ सार्वजनिक भएको छ ।

दुर्गा बिरहीको शब्द र पद्म बिसीको एरेन्जमा बनेको गीतले बाल्यकाल देखीका परिबर्तन र वर्तमानसम्मका विषयवस्तु समेटेको छ ।

आत्मविस्वास फिल्मसको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोमा दुर्गा बिरही र नुना बिसीको आकर्षक अभिनय देख्न सकिन्छ।भिडियोमा रहेका दृष्यहरुले आफ्ना हुर्के खेलेका स्थानका कथा समेत वर्णन गरेको छ ।

दुर्गा बिरही आफैंले निर्देशन समेत गरेको यस भिडियोमा रन्जना पौडेलको संपादन रहेको छ । कृष्णा पाण्डेकोले खिचेको यस भिडियो आत्मविश्वास फिल्मसको  यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here