नेपाल धितोपत्र बोेर्डको कार्यालयमा तालाबन्दी

225

काठमाडौं / शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोेर्डको कार्यालयमा आइतवार तालाबन्दी गरेको छ । समूहका महासचिव नयन बास्तोलाले आन्दोलनको कार्यक्रम अनुसार बोर्डका अध्यक्ष डा। रेवत कार्की र कार्यकारी अधिकृत निरज गिरीको घर घेराउन गर्ने कार्यक्रम रहेकोमा त्यस स्थानमा असुरक्षा हुने खबर पाएकाले बोर्डको कार्यालयमा ताला लगाउन बाध्य भएको जनाए ।

दबाब समूहले आफ्ना ३२ बुँदे माग सम्बोधन नगरिएको भन्दै आन्दोलन शुरु गरेको हो । यसअघि शनिवार दबाब समूहले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएको थियो । पूँजीबजारको सुधारका साथै विस्तारका लागि आफूहरुले लामो समयदेखि माग गर्दै आए पनि सम्बोधन नभएको लगानीकर्ताको भनाइ छ । समस्या समाधानमा बोर्डको नेतृत्वले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here