लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा

206

शरद रेग्मी

दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने जनाएकी छिन् ।

रिपोर्टर्र्स क्लव दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संम्पूर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने पनि उनले जनाइन् । ‘दुइतिहाइको शक्तिशाली सरकार बनेको छ, अब समृद्धिको आन्दोलनमा ढुक्कसंग लाग्नुस,अलमलिने अवस्था छैन’,अध्यक्ष राणाले भनिन् । संघियताको मर्मलाइ ध्यान दिने हो भने पांँच नंं प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले जनाइन् ।

‘पांच नं प्रदेशमा पिछडिएको बर्दिया छ, पुर्वि रुकुम छ, बर्दिया बांके र रुकुमलाइ पनि विकाशको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभुति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्, त्यसकालागि दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक, पर्यटकिय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो ।’ साथै कैलाशधाम र स्वर्गद्धारीधामलाइ जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरीन् ।

कार्यक्रममा राणाले पर्यटकिय पुर्वाधारकालागी उद्योग वाणिज्य महासंघकै समन्वयमा स्वर्गद्धारी केवलकारको संभाव्यता अध्ययन समेत भैसकेको उनले जनाइन् । निकट भविष्यमै हुन थालेको लगानी सम्मेलनमा पनि स्वर्गद्धारी केवलकारको विषयलाइ महत्वकासाथ उठाउने उनको भनाइ थियो ।

मुलुकमा भएको राजनितिक परीवर्तनमा निजि क्षेत्रको अग्र भुमिका रहेको भन्दै नयां संघात्मक अभ्यासमा व्यवसायीलाइ नयां अवसर आएको पनि अध्यक्ष राणाले जनाइन्  । ‘मुलुकमा सायद सवैभन्दा बलियो दुइतिहाइ वहुमतको सरकार हामीले पाएका छौं, अव सरकारले समृद्धिको आन्दोलनलाइ अघि बढाउनु पर्दछ’, अध्यक्ष राणाले भनिन्, त्यसकालागी उद्योग वाणिज्य महासंघ सरकारसंग हातेमालो गर्न तयार छ ।’ दुइतिहाइ वहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमा परेको जनाउंदै उद्योग वाणिज्य महासंघले सरकारलाई आर्थिक समृद्धिको खाका पनि बुझाइसकिएको दावी गरीन् ।

उद्योग व्यापार नीतिमा धेरै नीतिगत जटिलताहरु रहेको भन्दै अध्यक्ष राणाले त्यस्ता त्रुटिहरुको समाधान गर्न आवश्यक नीति ल्याउन सरकारलाइ सुझाव दिइएको पनि जनाइन् । साथै आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरीरहेको अवस्थामा एकिकृत कर प्रणालिको अवधारणा पनि वर्तमान सरकारका अर्थमन्त्रीलाइ महासंघले बुझाइसकेको पनि उनको दावी थियो ।

त्यसैगरी उनले स्थानिय सरकारदेखि केन्द्रिय सरकार सम्मै अहिले शुशासनका विषयमा टिकाटिप्पणिहरु भैरहेको भन्दै शुसासनलाइ पहिलो प्रार्थमिकता दिन पनि सरकारलाइ आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here