सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउँदै गच्छदार

364

 काठमाडौं / कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् ।

संघीय संसदको तेस्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले संसदलाई मिच्ने काम नगर्न सरकारलाई सचेत गराए । प्रतिपक्षी दलको तर्फबाट सरकारलाई रचनात्मक समर्थन रहने भन्दै उनले सार्वभौम संसद, संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने, स्वतन्त्र न्यायलयमाथि र प्रेसमाथिको हस्तक्षेप आफुहरुलाई स्वीकार्य नहुन जनाए ।

उनले लोकतन्त्रमा सरकार संसद प्रति उत्तरदायी हुनुपर्नेमा त्यसो हुन नसकेको जनाउँदै उनले भने, ‘सरकार संसद प्रति उत्तरदायी भएको देखिएन । यो संसदमा धेरै सवालहरु उठेका छन् । सरकार सदनप्रति उत्तरदायी हुन्छ । सरकारले सदनको उपेक्षा गरेको छ । सदनभित्र जे प्रश्न उठिरहेका छन् सरकार अहिले सम्म जवाफ दिन तयार भईरहेको छैन किन?’

लोकतान्त्रिक मान्यता विपरित सदनमा जबरजस्ती विधेयक पारित गर्ने काम भएकोमा पनि उनले आपत्ती जनाए । प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा भ्रष्टाचार नियन्त्रण नभएको दाबी गर्दै उनले भने ‘भ्रष्टाचार नियन्त्रण भएको छैन । थियो भने वाईड वडी कहाँ गयो ? वाइडवडी प्रकरण आकाशमा बिलायो ? सुनका अपराधीहरु खोज्दै जाँदा ठुलो माछा भनेर भनिएका ठुला अपराधी को हुन् ? प्रधानमन्त्री ज्यूले बताइदिनुभएको भए हुन्थ्यो । यी–यी ठुला माछाहरु अहिले फुत्किएको छ है । सात समुन्द्र पार गएका छन् है भनेर जनाइदिएको भए सन्तुष्टी हुन्थ्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here