अर्को थारु विद्रोह हुनसक्छ : डा. भट्टराई

117

 काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका भट्टराईले टीकापुर घटनाबारे अदालतले गरेको फैसलासहित मुलुकको समसमायिक राजनीतिक घटना क्रमबारे खुला छलफल गरेका छन् ।

छलफल कार्यक्रममा बोल्दै भट्टराईले राजनीतिक घटनाको फैसला अदालतबाट गरिए आफूसहित नेकपाका अध्यक्ष लगायतका नेताहरु पनि जेल जानुपर्ने भट्टराईको भनाईलाई उदृत गर्दै नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले जनाए ।

अदालती बाटोबाट टीकापुर घटनाको समाधान कुनैपनि हालतमा हुन नसक्ने डा भट्टराईले दाबी गरेका थिए । त्यस्तै, उनले विप्लव माओवादीलाई प्रतिबन्ध गर्नु सरकारको गलत निर्णय भएको टिप्पणी गरे । विप्लव माओवादीको राजनीतिक उदेश्य पृथक भएपनि राजनीतिक दललाई प्रतिबन्ध गर्नु समस्याको समाधान नभएकोमा भट्टराईले जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here