एसईई परीक्षा र बारको चुनावलाई मध्यनजर गर्दै बन्द फिर्ता

104

काठमाडौ, आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको तथा शीर्ष नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा चैत १६ गते बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द फिर्ता गरेको घोषणा गरेको छ । बन्दको दिन एसईई परीक्षा पनि परेको र नेपाल बार एशोसिएसनको निर्वाचन समेत रहेकाले उक्त दलले १६ गतेको बन्द फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै परीक्षा र बारको निर्वाचनलाई मध्यनजर गर्दै बन्दको कार्यक्रम फिर्ता गरेको जनाएका छन् । विज्ञप्तिमा विप्लवले सरकारका गतिविधि विरुद्ध भने उचित जवाफ दिने चेतावनी दिएका छन् । विप्लवले बन्दको आयोजना गरेपछि

राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको परीक्षालाई असर पुग्ने गरी बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here