प्रधानमन्त्री समक्ष राष्ट्र बैंकका निर्देशकसहित अर्थमन्त्रीसमेतलाई कारवाही गर्न माग

124

काठमाडौं /  मंगलबार नेप्सेमा धर्ना दिन गएका १४ जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि लगानीकर्ताहरु आक्रोशित भएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा, खतिवडाका ज्वाईसमेत रहेका अर्थमन्त्रालयमा काजगमा कार्यरत राष्ट्र बैंकका निर्देशक, रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, कोर्डका कार्यकारी निर्देशक निरज गिरी र नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाही गर्न प्रधानमन्त्री केपीशर्मा ओली समक्ष माग गरेका छन् ।

उनीहरुले धितोपत्र ऐन(२०६३ को प्रस्तावनामा उल्लेख भएको लगानीकर्ताको नैसर्गिक अधिकारको हनन् हुने गरी प्रहरीलाई दमन गर्न लगाइएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।

लगानीकर्ताहरुले आफ्नो ३२ बुँदे माग पुरा नगर्ने तर्फ लागेको, सरकार, धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुले एफपीओ, अनलाइन, बैंकलाई ब्रोकर लाईसेन्स नदिने मनसायका साथ भ्रष्टाचार गरेको र उनीहरुले आफ्नो काला कर्तुत ढाकाछोप गर्न आन्दोलनलाई दमन गरेको समूहको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको आन्दोलनलाई लगानी सम्मेलन भाँड्ने रुपमा ब्याख्या गरी सरकारी पक्षले अप्रिय घटना गराउने प्रयास गरेको भन्दै लगानीसम्मेलन पुरा नभएसम्मका लागि आन्दोलनका कार्यक्र स्थगन गरिएको दबाब समूहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आन्दोलनरत सेयर लगानीकर्ता दबाब समूहले सेयर बजार सुधारका माग राख्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । साथै आइतबार धितोपत्र बोर्डमा लगानीकर्ताले लगाएको ताला पनि प्रहरीले बल प्रयोग गरेर फोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here