युरो कप छनोटमा इटलीकाे उत्कृष्ट प्रर्दशन

109

एजेन्सी / युरो कप छनोटमा इटलीले लिक्टनस्टाइन माथि उत्कृष्ट प्रर्दशन हराउन सफल भएको छ । घरेलु मैदान पर्मामा भएको खेलमा इटलीले लिक्टनस्टाइनमाथि ६–० गोल अन्तरको जित्न सफल भयो । एकपक्षीय खेलमा लिक्टनस्टाइनको पोष्टमा इटलीले प्रहार गरेको ४१ शट्स मध्ये १२ सही दिशा मध्ये ६ गोल गर्न सफल भयो । १७ औं मिनेटमा स्टेफानो सान्जीले पहिलो गोलब गरेको इटलीका लागि ३२ औं मिनेटमा मार्को भेराटीले गोल गरेका थिए । खेलको ३५ र इन्जुरी टाइममा फावियो क्वायरालाले पेनाल्टीमा गोल गरे भने ३६ वर्षीय क्वायराला इटलीका सबैभन्दा पाको उमेरमा गोल गर्ने फुटबलर बनेका थिए । बल ह्याण्ड गर्दा डानिअल काफमनले रातो कार्ड पाएका थिए भने इटलीले दोस्रो पेनाल्टी । दोस्रो हाफमा इटलीका लागि मोइज किन र लियोनार्डो पाभोलेटीले गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here