ओलम्पिकको दोस्रो चरणको छनोटको लागि तयारी सुरु

204

काठमाडौं / नेपाली महिला फुटबल टिमले ओलम्पिक छनोटको दोस्रो चरणका निम्ति ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आजदेखि महिला टिमले अभ्यास शुरु गरेको छ । गत चैत ८ गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली महिला टिमले केही दिनको विश्रामपछि पुनः अभ्यास गरेका हुन् । मुख्य प्रशिक्षक हरि खड्काले राम्रो खेल्दै नेपालले सकारात्मक नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘हिरो गोल्डकप, साफ महिला च्याम्पियनसिप खेलेको कारण सबै खेलाडीको खेल निखारिएका छन् । साफमा भएको कमी कमजोरीलाई सुधार गर्दै अझ राम्रो नतिजा ल्याउने लक्ष्यमा छौं ।’

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेल सुरु हुनु धेरै दिन छैन ।आगामी अप्रिल तीन तारिखदेखि म्यानमारमा ओलम्पिकको दोस्रो चरणको खेल हुदैछ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । नेपालले भारतलाई साफको बदला लिने लक्ष्य रहेको छ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्न पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here