भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग

165

काठमाडौं / राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहीसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था तत्काल व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु गरेको अभियानको एक सय दिन पूरा भएको अवसरमा बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्तो माग गरेको हो ।

पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दाको छिटो–छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकारसहित स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनुपर्ने र भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरु (पंचायती शासनकालदेखि हालसम्म) को सम्पतिबारे स्वतन्त्र ढंगले छानबिनका लागि शक्तिशाली नागरिक छानबीन आयोग गठन गरिनुपर्ने पनि माग गरेको छ ।

स्थापनाकाल देखिनै भ्रष्टाचारको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीले ‘भ्रष्टाचार नियन्त्रण होईन, निर्मूल गर्नुपर्छ’ भन्ने मान्यता दृढतापूर्वक बोक्दै आएको महासचिव केशव सूर्यवंशीले जनाए । उनले यसको कार्यान्वयनका लागि आफूहरुले सभा, सम्मेलन र निर्वाचनहरुमा भ्रष्टाचार देशद्रोहसरहको अपराध हो र यसको वैधानिक उपचारका लागि संवैधानिक/कानुनी रुपमै कठोर दण्ड सजायको व्यवस्था अनिवार्य रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै आएको पनि सुनाए ।

पार्टीले जारी गरेको विज्ञप्तीअनुसार उक्त पार्टीले गत सालको असोज २ गते नेपाल सरकारलाई पार्टीको तर्फबाट ३९ बुँदे ज्ञापनपत्रमा समेत उक्त विषय महत्वका साथ उल्लेखित गरिएको थियो ।

प्रेस–वक्तव्य

आदरणीय संचारकर्मी मित्रहरु,

आफ्नो स्थापनाकाल देखि नै भ्रष्टाचारको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार नियन्त्रण होईन, निर्मूल गर्नु पर्छ भन्ने मान्यता दृढतापूर्वक बोक्दै आएको छ । कार्यान्वयनका लागि सभा, सम्मेलन र निर्वाचनहरुमा भ्रष्टाचार देशद्रोह सरहको अपराध हो र यसको वैधानिक उपचारका लागि संबैधानिक/कानुनी रुपमै कठोर दण्ड सजायको व्यवस्था अनिवार्य रहेको विषयलाई प्रमुखताका साथ उठाईदै आईएको छ । मिति २०७५ असोज २ गते नेपाल सरकारलाई पार्टीको तर्फबाट पेश गरिएको ३९ बुँदे ज्ञापन पत्रमा समेत उक्त विषय महत्वका साथ उल्लेखित गरिएको छ ।

नेपालमा जटील र विकराल समस्याको रुपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्ने राष्ट्रिय ईच्छा शक्ति नभई समृद्ध नेपालको निर्माण हुँदैन भन्ने सत्य घाम जत्तिकै छर्लङ्ग रहेको छ । यस्तो परिस्थितीमा सबैले भ्रष्टाचार विरुद्ध उठ्नु पर्छ भन्ने गम्भिर दायित्वबोध गरोस् भन्ने आव्हान गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्प सहित गणतन्त्र दिवस (१५ जेठ २०७६) देखि सो अभियान प्रारम्भ गरिएको आज सयौं दिन पुगेको छ ।

भ्रष्टाचारमुक्त देश निर्माणका लागि उच्च नैतिक बलयूक्त राजनीतिक नेतृत्व र संगठन अनिवार्य छ भन्ने तथ्यप्रति राष्ट्रिय जनमुक्ति पार्टी सधै प्रष्ट, सचेत र प्रतिबद्ध रहि आएको छ । यसका साथै भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध सघर्षका लागि राज्यले कडा कदम यथासिघ्र चाल्नु अनिवार्य भैसकेको छ । यस सम्बन्धमा निम्न विषयमा हामी सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।

क) तत्काल कदम चाल्नु पर्ने :
१) भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषण गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था हुनु पर्छ ।
२) भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहित, स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनु पर्छ ।
३) भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरु (पंचायती शासनकाल देखि हालसम्म) को सम्पतिबारे स्वतन्त्र ढंगले छानबीनका लागि शक्तिशाली नागरिक छानबीन आयोग गठन गरिनु पर्छ ।

ख) राष्ट्रिय बहस हुनु पर्ने :
१) देश आत्मनिर्भर नहुँदा सम्म सबै तहका जनप्रतिनिधिहरुले तलब भत्ता÷पारिश्रमिक लिन नपाउने वा स्वयमसेवकको रुपमा कार्यसम्पादन गर्ने राष्ट्रिय नीति हुनु पर्ने ।
२) वर्तमानमा प्रचलित अति खर्चिलो, बोझिलो र अनुत्पादक निर्वाचन प्रणालीको विकल्प खोजिनु पर्ने ।
३) कुनै उम्मेदवार वा पार्टीले निर्वाचन जिते पश्चात आफ्नो घोषणापत्रमा उल्लेख प्रतिबद्धता र योजना अनुसार कार्यसम्पादन नगरेको/नभएको अवस्थामा मतदाताहरुले सोही घोषणापत्रको आधारमा निजको विरुद्ध अदालत जान पाउने अधिकार (च्ष्नजत तय ऋयगचत) को व्यवस्था हुनु पर्ने ।

उपरोक्त विषय÷मुद्दालाई कार्यन्वयनका लागि राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान मार्फत गाँउ–शहर, सडक–सदन र प्रवासमा समेत बहुआयामीक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा पहिलो चरणमा जनसम्पर्क, अन्तरकृया र हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भईरहेको र आगामी २०७६ मंसिर २३ (भ्रष्टाचार विरुद्ध अन्र्तराष्ट्रिय दिवस/ डिसेम्वर ९) सम्म पहिलो चरणको कार्यक्रम सञ्चालन हुने जानकारी गराउदछौं ।

धन्यवाद !

मिति २०७६ भाद्र १९ गते
केशव सूर्यवंशी
(महासचिव)
संयोजक–भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here