प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने

78

प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।  १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ ।

बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीको समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here