इण्डोनेसियाको बगैंचामा जलपरीको वक्षस्थल छोपि राख्नुका कारण

238

पूर्वीय संस्कृतिका मूल्य मान्यताको सम्मान गर्नु पर्दछ भनि इण्डोनेसियाको एक बगैंचामा रहेको जलपरीका शालिकको वक्षस्थल छोपिएर राखेको छ । राजधानी जकार्ताको एनकोल ड्रिमल्याण्डभित्र दुईवटा जलपरीका मूर्ती रहेका छन् । पछिल्लो पन्ध्र वर्षदेखि पार्कभित्र रहेका ती मूर्तिको वक्षस्थल छोप्नेगरी हालै सुनौलो कपडा पहिराइएको छ ।

जलपरीका वक्षस्थल कपडाले छोपिएको दृश्यले सहरका मानिसहरु अचम्ममा परेका छन् । कतै पार्क प्रशासनलाई यसो गर्न बाध्य पो पारिएको कि ? भन्ने पनि कतिपयको आशंका छ । तर पार्क प्रशासनले भने कसैको दबावमा जलपरीको लाज छोपिएको आशंकालाई अस्वीकार गर्दै अघिल्लो वर्ष नै यस्तो निर्णय लिइसकिएको र हाल कार्यान्वयन मात्र गरिएको प्रष्ट पारेको छ ।

पार्क प्रवक्ताले भनेका छन्, ‘यो पूर्णतः पार्क प्रशासनको निर्णय हो, कुनै बाहिरी दबावमा गरिएको निर्णय होइन ।’ पार्कलाई पारिवारिक बनाउनका लागि यस्तो निर्णय लिइएको उनको दाबी छ । तर जलपरीको मूर्ती बनाउने कलाकार डोलोरोसा सिगानाले भने मुर्तीको छाति छोपिदिने कामले जलपरीको सुन्दर दृश्यबाट दर्शकहरु वञ्चित भएको दाबी गरेका छन् । पार्क भ्रमणमा आउने आगन्तुकहरु प्नि जलपरीको वक्षस्थल छोपिँदा खुसी छैनन् । आफ्नो बच्चासँगै पार्क घुम्न गएकी एक महिलाले भनेकी छिन्, ‘मुर्तीले हामीलाई कुनै अप्ठेरो पारेका थिएनन् । छाती छोपिएका यस्ता मुर्ती देख्दा अनौठो लागिरहेको छ।’  जलपरीले कहिल्यै पनि कपडा नलगाउने भन्दै कतिपयले जलपरीका मुर्तीमा कपडा लगाइनु स्वभाविक नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here