समलिङ्गीसँग सम्बन्ध कायम गर्ने ढुङ्गा हानी मृत्युदण्ड

117

एजेन्सी / ब्रुनाईमा समलिङ्गी सम्बन्ध र परस्त्रीगमन गर्नेहरुका लागि नयाँ कानून पारित भएको छ । नयाँ कानून अर्को हप्तादेखि अप्रिल ३० लागू हुने भएको छ । नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा दोषी ठहर भएका प्रत्येकलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइनेछ ।

ब्रुनाईमा समलिङ्गी सम्बन्ध पहिले नै अपराध थियो तर अब यसो गर्नेलाई मृत्युदण्ड दिइनेछ । यो सजाय सन् २०१४ मा नै सुल्तानका राजा एवं प्रधानमन्त्री हसानाल बोल्कियाले घोषणा गरेका थिए । अत्यधिक आलोचना खेपेपछि यो विगत चार वर्षदेखि रोकिँदै आएको थियो । सन् २०१८ को डिसेम्बर २९ तारिखमा महान्यायाधिवक्ताको वेबसाइटमा गोप्य रुपमा यसबारे घोषणा गरिएको थियो जसमा अप्रिल ३ देखि नयाँ कानून लागू हुने बताइएको छ ।

मानवअधिकारकर्मीले ब्रुनाईको नयाँ कानूनबारे प्रतिक्रिया दिएका छन् । यो नयाँ कानूनमा चोरी गर्नेको हात वा खुट्टा काटिने पनि बताइएको छ । ‘ब्रुनाईले आफ्ना यी डरलाग्दो सजाय तत्काल रोक्नुपर्छ, आफ्नो कानूनलाई मानवअधिकारको दृष्टिकोणबाट सच्याउनु पनि गर्छ । अन्तरराष्ट्रिय समूदायले ब्रुनईको यो कदमविरुद्ध आवाज उठाउनुपर्छ,’ एम्नेस्टी इन्टरनेशनलकी ब्रुनई अनुसन्धानकर्ता रचेल चोआ–होवार्डले एक वक्तव्यमा भनिन् । ब्रुनाईले सन् २०१४ मा सरिया कानून अपनाउने पहिलो देश बनेपछि संसारभरी नकारात्मक टिप्पणी पाएको थियो । चार लाख ५० हजार जनसंख्या भएको यो सानो देश इन्डोनेशिया र मलेशियाको छिमेकी देश हो । आफ्नो छिमेकीको तुलनामा ब्रुनाई केही वर्षयता निकै रुढिवादी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here