माछापुच्छ्रे ८ शाखा बिस्तार : शिघ्र खाता खोल्न सकिने

195

काठमाडौं / कास्की जिल्लामा माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग पहूँचदेखि टाढा रहेका ग्रामीण भेगमा समेत आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । साथैं हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here