युक्रेन चुनावः हास्यकलाकार जेलेन्स्की अग्रस्थानमा

193

एजेन्सी / युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ । वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिनुभएको थियो । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको छ तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्नुभएको छैन ।

प्रारम्भिक मत गणनाको परिणामअनुसार जेलेन्स्कीले ३०।२ प्रतिशत र पोरोशेन्कोले १६।७ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ । मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका थिए । युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएका कारण सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here