धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने

92

हेटौँडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षाको निमित्त राजनैतिक शक्तिहरु दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित कार्यकर्ता भेलामा थापाले धर्म, संस्कृति र पहिचान रक्षाका निमित्त गाउँगाउँमा चेतनाको विकास हुन जरुरी छ भन्नुभयो । सो अवसरमा बारा र पर्सा जिल्लामा हावाहुरीले पु¥याएको जनधनको क्षतिप्रति थापाले दुःख प्रकट गर्नुभएको थियो । राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन दृढता र सङ्कल्पसहितको नयाँ पुस्ता तयार गर्नुपर्ने औँल्याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here