काठमाडौं / डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरीडाँडास्थित वाँसको झ्याङमामादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामकोरडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्तीटोलीलाई प्रहार गरेका थिए ।
रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवन गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।


















