भन्सार कार्यालयहरुमा प्रभु बैंकद्धारा बैंकिङ्ग सेवा विस्तार

119

काठमाडौं / नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ्ग कारोबार गर्दै आएको छ । बैंकले हालै ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा काउन्टर खोली बैंकिङ्ग सेवा दिने बारे सम्झौता गरेको छ । सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर गरेको छ । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुररजटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउन्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने जनाएको छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै आयात निर्यातमा बढोत्तरीका साथै राजस्व संकलनको आँकडामा बृद्धि हुँदै जाने बिश्वास बैंकको रहेको छ । बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ्ग सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here