एजेन्सी / विश्वकप सुरु हुन एक महिना बाँकी रहदा अफगानिस्तानले कप्तान अस्गर अफगान कप्तानबाट हटाउनु भएको
छ । अफगानिस्तान क्रिकेट बोर्डले आज शुक्रबार अस्गरलाई तीन फम्र्याटको कप्तानबाट हटाएको घोषणा गर्नु भयो । साथैं तीन फम्र्याटमा अलग अलग कप्तान घोषणा गरेको छ । भने एकदिवसीय टिमको कप्तानी गुल्बदिन नाइबले गर्नेछन् । उनले विश्वकपमा टोलीको नेतृत्व गर्नेछन् ।
टेष्टको राहमत शाह र टी–२० को रसिद खानले गर्नेछन् ।
अस्गरले सन् २०१५ मा मोहम्मद नाबीको स्थान लिएको थियो । उनको कप्तानीमा अफगाजिस्तानले आईसीसीको पूर्ण सदस्यको मान्यता पाएको थियो भने मार्चमा आयरल्याण्डलाई हराउँदै टेष्टमा पहिलो जित्न सफल भयो । उनकै कप्तानीमा अफगानिस्तानले विश्वकप छनोटसहित ३३ एकदिवसीय म्याच जितेको थियो । तर, अस्गरको व्यक्तिगत प्रदर्शन भने राम्रो हुन सकेको थिएन । खराब प्रदर्शनकै कारण उनलाई कप्तानबाट हटाइएको आशंका गरिएको छ । आउँदो मेमा अफगानिस्तानले स्कटल्यान्ड र आयरल्यान्डको भ्रमण गर्ने कार्यक्रम छ । साथै विश्वकप अगाडि पाकिस्तान र ईंग्ल्यान्डसँग पनि टिमले एक–एक वान डे खेल्ने भएको छ ।


















