अवैध विदेशी मुद्रासहित एकै परिवारका पाँच पक्राउ

109

काठमाडौ, प्रहरीले अवैध विदेशी मुद्रासहित एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ । थाइ एयरबाट शुक्रबार दिउँसो बैंकक जान लागेका एकै परिवारका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका छोरी र ११ वर्षका १ छोरालाई अवैध विदेशी मुद्दासहित नियन्त्रणमा लिएको
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरुका साथबाट २१ हजार १ सय ५० थाइ भाट फेला परेको छ । त्यस्तै १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चिनिया युआन फेला परेको छ ।

प्रहरीले विदेशी मुद्रा लिएर विदेश जान लागेको सूचनाको आधारमा उनीहरुको साथबाट उक्त परिमाणको विदेशी मुद्रा फेला पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here