यस्तो थियो सुगौली सन्धि पहिलेको ग्रेटर नेपाल

1547

काठमाडौ, अंग्रेजहरु आफ्नो सामाज्य विस्तारका क्रममा युरोपबाट एशियातर्फ आउँदै गर्दा गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहमा विशाल नेपाल निर्माणको संकल्प बन्दै थियो । अग्रेजहरु भारत लगायतका मुलुकलाई उपनिवेश बनाउँदै गर्दा पृथ्वीनारायण शाहले टुक्रा टुक्रा अवस्थामा रहेको बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर सिंगो नेपाल निर्माणको अभियान सुरु गरेका थिए । उनले नेपाल एकीकरणको त्यो अभियानमार्फत पूर्वमा टिस्टा र पश्चिममा किल्ला कांगडासम्म नेपालको भूगोल विस्तार गरेका थिए । तर अग्रेससँग सन १८१६ मा भएको सुगौली सन्धिपछि भने नेपालको एक तिहाई भन्दा बढी भाग तत्कालीन ब्रिटीश गोर्खाले भारतमा गाभ्यो । पछिल्ला केही वर्ष यता बाँकी भूभागलाई पनि सीमा क्षेत्रबाट भारतले हडम्दै लगेको छ । अहिले पनि नेपालको हजारौँ विगाहा जमिन भारतको भूभागमा गाभिएको छ । तर नेपाल सरकार भने यसमा मौन रहँदै आएको छ । अहिले फुच्चे नेपालका रुपमा रहेको नेपाल कुनै बेला विशाल थियो भन्ने कुरा इतिहास बनिसकेको छ । तर अहिले पनि कानुनी ढंगले सरकारले अडान लिने हो भने गुमेको भूमि फिर्ता हुन सक्ने कतिपय विज्ञहरुको दाबी छ । त्यही विशाल नेपालको सम्झना दिलाउने ऐतिहासिक ग्रेटर नेपालको नक्सा यहाँ प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here