आगामी शनिबारदेखि मातृभूमि कप शुरु

247

काठमाडौं / धुर्मुस ‘सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन’ ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ आगामी चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित गर्नु परेको थियो । धुर्मुस—सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने छ । साथै, सोही दिन पनि त्रिवि मैदानमा टिकट लिन सकिनेछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने खेलले अझै धेरैलाई लोभ्याउने आयोजकको विश्वास छ । मंगलबारदेखखि पुनः कलाकारहरुको अभ्यासमा उत्रिने छन् । खेलका लागि कलाकारको दुई टोली र क्रिकेटरको दुई टोलीको छनोट भइसकेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारले ए र बी टिममा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् । ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठ र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । यस्तै राष्ट्रिय क्रिकेटरहरुको सहभागीता रहेको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here