ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

135

बुटवल / बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । सबै सिलिण्डर सडकमा छरिएका कारण सडकमा सवारी साधन आवगमनमा असहज भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here