गाजामा इजरायलको आक्रमण जारी

60

काठमाडौैं। इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ। विगत २४ घण्टामा गाजाको विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले जानकारी दिएका छन् ।

गाजाकाे जबालियाबाट इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने लन्चर र प्यालेस्टिनी अतिवादी समूह हमासका लडाकुको अधिनमा भएको भवनमा आक्रमण गरिएको छ। सो भवनमा २५० रकेट ग्रेनेट, हतिहयार र विष्फोटक सामग्री भएको अनुमान गरिएको थियो।

इजरायलले गाजाको दक्षिणी क्षेत्रमा पर्ने खान यूनिसलाई केन्द्रित गर्दै हमला जारी राखेको बीबीसीले जनाएको छ। इजिप्टसँगको सिमाना रफाहमा पनि झडप भएको छ।

यस्तै, गाजामा पुनः युद्धविराम गर्नको लागि संयुक्त राष्ट्र महासभामा आजै मतदान हुने भएको छ। संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्‍मा भीटोको प्रयोग गर्दै यस्तो प्रस्ताव गरेको थियो।

२० अरब राष्ट्र, इस्लामिक सङ्गठनले पनि सो प्रस्तावलाई अघि सारेका हुन्। युद्ध सुरु भएदेखि सुरक्षा परिषद्ले ६ पटक युद्धविरामका लागि पहल गरेको थियो। तथापि १५ सदस्यबीचको असहमतिले सो कार्यान्वयनमा जान सकेको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here