काठमाडाैं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना नभए पनि चुनावमा जान नहुने बताएका छन्। यसका लागि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संविधान नै धरापमा पर्नसक्ने ३ वटा कारण प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले तत्काल चुनावमा जाँदा संविधानमाथिको खतरा रहेको औँल्याएका हुन्। आफूले हार्ने चुनाव कुनै तानाशाहले कहिल्यै गराएको इतिहास नभएको भन्दै उनले चुनाव नहुने बताए ।
फेरि पनि चुनाव भएको खण्डमा यो मध्यावधि चुनावले वर्तमान संविधानलाई २०४७ को संविधानमा परिणत गर्ने डा. भट्टराईको दावी छ। एउटा असंवैधानिक कदम मानेपछि अरू कदम पनि आउने र संविधान सकिने उनको विश्लेषण छ । ‘केही मान्छे संसद पुनर्स्थापना नभए पनि चुनावमा जानुपर्छ भन्दैछन्।
त्यो किन गलत छ? १.आफूले हार्ने चुनाव कुनै तानाशाहले कहिल्यै गराएको इतिहास छैन। २.भैहालेमा चुनावले वर्तमान संविधानलाई २०४७को संविधानमा परिणत गर्नेछ! ३.एउटा असंवैधानिक कदम मानेपछि अरू कदम पनि आउनेछन् र संविधान सकिनेछ।


















