कीर्तिपुर नगरपालिका वडा नं. ९ ढाेकासी सामुदायिक भवनमा माघ १७ गते शनिवार कीर्तिपुर नगर स्तरीय राष्ट्रिय महिला अधिकार मञ्च गठन भएकाे छ ।
साे कार्यक्रमकै सदस्य तथा अधिकारकर्मी रमिला याेञ्जनकाे संयाेजकत्वमा र वडा स्तरीय महिला संजाल वडा ९ काे सहयाेगमा केन्द्रीय अध्यक्ष रेणुका मल्ल,तथा केन्द्रीय काेषाध्यक्ष सरीता घिमिरे ललितपुर जिल्लाका अध्यक्ष विष्णु खनालकाे राेवहरमा ९ जना कार्य समितिकाे कमिटी गठन गरेकाे थियाे ।
उक्त कमिटीमा अध्यक्ष संगिता महर्जन, उपाध्यक्ष विजयी कासुला, सचिव अनिता महर्जन, काेषाध्यक्ष सबिना नापित,सदस्यहरुमा राजिता गाैतम, रिमा जयसुवाल, प्रभा पाैडेल, राज्यलक्ष्मी श्रेष्ठ र प्रमिला महर्जन रहेकाे छ। -अनिता महर्जन


















