एनसेलको सेयर बिक्री विरुद्ध रिट निवेदनमा पेसी तोकिए

70

काठमाडौं । एनसेलको सेयर बिक्री विरुद्ध प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको हो।

सिंहको रिटमा गोलाप्रथाद्वारा ध नम्बरमा पेसी परेको छ। सांसद सिंहले सर्वोच्चमा शुक्रबार (मंसिर २२ मा) रिट दायर गरेका थिए। रिटको पहिलो पेसी आइतबार तोकिएको थियो। उक्त दिन सुनुवाइ नभएपछि सोमबार पुन: पेसी तोकियो। तर हेर्न नभ्याउने भएपछि तेस्रो पटक मंगलबार तोकिएको हो।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको थियो। मंगलबार पनि पुछारमा रहेकाले पालो आउन मुस्किल हुने देखिन्छ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ। सांसद सिंहले सेयर खरिद-बिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here