देजमोको प्रथम राष्ट्रिय सम्मेलन आजबाट

225

काठमाडौ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्मेलन आजबाट काठमाडौं सुरु हुँदैछ । भृकुटी मण्डपमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी पुरा भई कार्यक्रम औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रिय सम्मेलनका लागि देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु आउने क्रम जारी रहेको छ ।

२०४६ सालको जनआन्दोलनमा चैत्र २४ ले गणतन्त्रको झण्डा र नारा बोकेको दिन पारेर सम्मेलनको आयोजना गरिदै छ । २०४६ साल चैत २४ गते सुरु गरिएको जनआन्दोलनले देशव्यापी जनआन्दोलन माहोल बनाएकाले उक्त दिनलाई विशेष दिनका रुपमा पनि हेर्ने गरिन्छ ।

अहिलेको चैत्र २४ मा आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको राष्ट्रिय सम्मेलनले लोकतान्त्रिक गणतन्त्र असफल हुँदै गएको अवस्थामा जनगणतन्त्र स्थापनाको विकल्पसहित ऐतिहासिक विरासतलाई अग्रगामी निकासको बाटोतिर अघि बढाएकाले आजैको दिन विशाल जनपरिचालनको अभ्यास गरिन लागिएको देजमोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here