काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७५/१२/१७ गते रातीे बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ ।
बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्रीवितरण गरेको हो । हावाहुरी र असिना पानीबाट घरबार बिहीनभएकाहरुको जीबनयापनमा सहजहोस भन्ने उद्धेश्यले बैंकले उक्त विभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।


















