चमत्कार नै चमत्कार ! आयो एनआईसी एसियाको १५ नयाँ चमत्कारिक बचत योजना

252

काठमाडौं /  एनआईसी एसिया बैंकले २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न २२ वटा  चामत्कारिक योजना योजना सार्वजनिक गरेको छ। साढे ११ अर्ब निक्षेप र साढे १६ अर्ब कर्जा प्रवाह गरेको बैंकले सबै योजनालाई चमत्कारिक योजना भनी शनिबार सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको योजनामा १७ वटा बचतसँग सम्बन्धित, तीन वटा बिमासँग सम्बन्धित र दुईवटा कर्जासँग सम्बन्धित योजना रहेको एनआईसी एसिया बैंकको प्रदेश २ का प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

बैंकले सार्वजनिक गरेको निक्षेप बचतका चामत्कारिक निक्षेप योजनाअन्तर्गत चामत्कारिक बचत खाता, चामत्कारिक नारी बचत खाता, चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चामत्कारिक बाबुनानी बचत खाता, चामत्कारिक विद्यार्थी बचत खाता, चामत्कारिक स्वरोजगार बचत खाता, चामत्कारिक तलब बचत खातालगायत रहेको बैंकका प्रदेश २ का क्षेत्रीय उपप्रमुख मनोज शर्माले जानकारी दिए ।

निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको नै १८ वटा घातक रोगको बिमा तथा १ लाख ५० हजारसम्मको औषधि उपचार बिमा ग्राहकले प्राप्त गर्ने शर्माको भनाइ छ । चामत्कारिक योजनाअनुसार कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएका २२ योजनाले हरेक वर्ग र क्षेत्रका ग्राहकलाई समेट्न बैंकले विश्वास लिएको एनआईसी बैंकको वीरगन्ज शाखाका प्रमुख वेलाल अहमदले जानकारी दिए ।

बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल एनआईसी एसिया  बैंकको देशभरि २८१ वटा शाखा कार्यालय, २८९ वटा एटीएम, ३९ एक्सटन्सन, २३ शाखारहित बैंकिङ एकाइबाट कुल १५ लाख ६० हजार ग्राहकलाई सेवा दिँदै आएको बैंकले २८१ वटै शाखाबाट चामत्कारिक निक्षेप खाता खोल्न सकिने प्रणाली अंगीकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here