आजदेखि आन्तरिक उडान नियमितरूपमा सञ्चालन हुने

78

काठमाडाैं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमितरूपमा सञ्चालन  हुने भएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपालकाबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान आज बिहान ११ बजेदेखि नियमित सञ्चालन गर्ने भएका हुन्।

संघका प्रवक्ता योगराज कँडेलले आज बिहान ११ बजेदेखि हवाई सेवा नियमित हुने बताए।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताएका थिए।

‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ,’ उनले भने।

मंगलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here